२४ घण्टामा थपिए १७९० संक्रमित, १७ हजार ८५९ सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोही अवधीमा २ हजार ७९१ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ । पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

Website | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -