शंखधर सामुदायिक भवन उद्घाटन

भक्तपुर– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको भव्य प्रतिमा बनाउन महानगरपालिका तयार रहेको बताएका छन् ।

मध्यपुर थिमिस्थित शंखधरचोकमा मंगलबार शंखधर सामुदायिक भवन उद्घाटन गर्नु हुँदै उनले उक्त कुरा बताएका हुन् । शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर शाक्यले ११४१ वर्ष अघि ऋणमा डुबेका जनताको ऋणमोचन गरी नयाँ युगको थालनी गरेका राष्ट्रिय विभूति साख्वाःको सम्मानमा बनेको भवनले साख्वाःको योगदानलाई चिरस्मरणीय बनाउने बताए ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले शंखधर साख्वाःको प्रतिमामा एकरुपकता हुनु पर्ने बताएका छन् । मेयर श्रेष्ठले जनताको ऋण मोचन गरी नेपाल संवत् चलाएका शंखधर साख्वाः अहिले पनि जनताको मन–मुटुमा रहेको उक्त अवसरमा स्मरण गराए ।
मेयर श्रेष्ठले संवत् ११२० कछलाथ्व दशमी अर्थात् २०५६ मंसिर २ गते साख्वाःलाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषित गरेको स्मरण गराउँदै साख्वाःको सम्मानमा सामुदायिक भवन निर्माण गरी प्रतिष्ठानलाई हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा मेयर श्रेष्ठले नगरपालिकाको ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जनश्रमदानसहित १० लाख गरी एक करोड ५० लाखमा भवन उपभोक्ता समितिमार्फत निर्माण भएको जानकारी दिए । भवनमा पर्यटकीय सूचना केन्द्र, प्रतिष्ठानको कार्यालय, संग्रहालय र हल रहने पनि बताए ।

Website | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -