घट्यो सुनचाँदीको भाउ

काठमाडौं– मंसिर १० गते, बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । बुधबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुन तोलामा १ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारदेखि निरन्तर घटेको सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा पनि घटेको छ । बुधबार प्रति अउन्स १ हजार ८ सय ४ रुपैयाँ डलर बराबरमा किनबेच भइरहेको छ । बजारमा सोमबारदेखि सुन प्रतिअउन्स ७१ डलरले ओरालो लागेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -