जिउँदो सालकसहित २ जना पक्राउ

भक्तपुर– मध्यपुर–थिमि नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने धादिङ शितली गाउँपालिका–३ झार्लाङदी घर भएका २७ वर्षीय धुर्वबहादुर मगर र काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने धादिङका ३१ वर्षीय भीमबहादुर मगर छन् ।
उनीहरुबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त सालक लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइने जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -