पूर्वयुवराज पारस शाह अस्वस्थ

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । चितवनको नारायणगढस्थित एक होटलमा बसेका शाहमा बुधबार साँझ स्वास्थ्यमा समस्या देखिएको हो ।

पारसका सहयोगीहरुले खबर गरेपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्याम राज रेग्मीसहितको चिकित्सकको टोलीले होटलमै पुगेर स्वास्थ्य चाँच गरेको छ ।

शाहको मुटुको गति बढेको र प्रेसर पनि अलि बढेको पाइएको अरु समस्या खासै नदेखिएको रेग्मीले जानकारी दिए । अहिले पारसले आराम गरिरहेको र थप समस्या देखिए अस्पतालमै लगेर उपचार गरिने बताइएको छ । शाह व्यक्तिगत घुमफिरका लागि साथीभाइसँगै चितवनमा पुगेको बताइएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -