महान् फुटबलर म्याराडोनाको निधन

भक्तपुर– विश्व फुटबलका एक महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षकै उमेरमा हृदयघाटबाट निधन भएको छ ।
अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धकसमेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सीसम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।
उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । माराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेका थिए । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गर्‍यो । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । क्लबस्तरमा उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए ।
उसले आफ्नो क्लब क्यारियरमा केवल बार्सिलोना र नेपोलीका लागि मात्रै खेले ।

Website | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -