अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं– धरान उपमहानगरपालिक–१५ सुनसरी बस्ने ३३ वर्षीय रवि तामाङ (लामा)लाई प्रतिबन्धित लागूऔषधसहित बुधबार पक्राउ गरेको छ ।
पक्राउ परेका तामाङको साथमा एकसय एमएलको १६ बोतल डाइलेक्सडिसी, १ बोतल खाली डाइलेक्सडिसी, ८४ क्याप्सुल स्पास्मो प्रोक्सिभोन प्लस र १४ ट्याब्लेट नाइट्रोसन पाएको थियो । तामाङले आफ्नै घरमा लागूऔषध सञ्चय गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा कार्टुनमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । तामाङलाई लागूऔषध कसूर अन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी लम्कीचुहा नगरपालिका–२, सुनसरी बस्ने २४ वर्षीय दिलिप ढकाल र सोही ठाउँ बस्ने २८ वर्षीय जनक रोकायालाई १ ग्राम ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ हजार ४ सय २५ रुपैयाँसहित पक्राउ गरेको छ । ढकालको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैबीच मनहरी गाउँपालिका–८ सिमपानीस्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ देबकोटबाट मनहरीतर्फ आउँदै गरेको ना.१३ प १५११ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात् मोटरसाइकल जाँच गर्दा उक्त गाँजा फेला पारेको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -