फेसबुकलाई झन्डै ७२ करोड जरिवाना

काठमाडौं– फेसबुक कम्पनीमाथि दक्षिण कोरियाले झण्डै ७२ करोड रुपैयाँ बराबरको जरिवाना गरेको छ ।
फेसबुक प्रयोगकर्ताको सहमति र अनुमतिविना नै तेश्रो पक्षलाई प्रयोगकर्ताका डाटा उपलब्ध गराएको अभियोगमा ६० लाख ६ हजार डलर जरिवाना गरिएको हो ।
दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले फेसबुकमाथि जरिवाना गर्दै यस मामिलामा फौजदारी अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।
गत अगष्ट महिनामा गठित उक्त आयोगले दक्षिण कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्तामध्ये करिब ३३ लाख प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु फेसबुकले अन्य अपरेटरहरुलाई उपलब्ध गराएको गराएको एक विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।
सन् २०१२ देखि २०१८ सम्मका तथ्यांक विश्लेषण र अनुसन्धानका आधारमा आयोगले यस्तो निष्कर्ष निकालेको हो । आफ्ना डाटाहरु तेश्रो पक्षले प्राप्त गरिरहेको विषयमा फेसबुक प्रयोगकर्ताको कुनै स्विकृति नभएको र जानकारीसमेत नहुने गरेको आयोगको भनाइ छ । आयोगका अनुसार फेसबुकको आयरल्याण्डस्थित कार्यालयलाई जरिवानाको जानकारी गराइएको छ र कम्पनीमाथि फौजदारी अनुसन्धानका लागि सिफारिस गरिएको छ ।
दक्षिण कोरियास्थित फेसबुकका प्रवक्ताले अनुसन्धान प्रक्रियामा आफूहरुले सरकारलाई पूर्णरुपमा सहयोग गरेको बताउँदै फौजदारी अभियोगमा अनुसन्धान गर्ने आयोगको निर्णयप्रति खेद व्यक्त गरेका छन् ।
–एजेन्सी

एजेन्सी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -