प्रेमसागरले गरे १६४औं रक्तदान

दोलखा– नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा शनिबार विशेष रक्तदान कार्यक्रम भएको छ । नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको ८औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६४औं पटक रक्तदान गरेका थिए ।

नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको ८औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा नेपाली कांग्रेस दोलखा जिल्ला कार्यालयको प्रांगणमा आयोजित बिशेष रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६४ औं पटक रक्तदान गर्दै गर्नुभएको थियोे ।
दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्य र अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी दोलखा शाखा सभापति गोकर्णप्रसाद पोखरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा शाखा अध्यक्ष श्याम गौतमको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व नेपाल यातायात मजदुर संघका अध्यक्ष कृष्ण खड्काले गरेका थिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -