अभिनेता राहुल रायलाई ब्रेनस्ट्रोक !

काठमाडौं– बलिवुड अभिनेता राहुल रायलाई ब्रेनस्ट्रोक भएको छ । श्रीनगरमा फिल्म ’कारगिल’ को सुटिंग गरिरहेका अभिनेता राहुललाई ब्रेनस्ट्रोक भएपछि उपचारका लागि उनलाई मुम्बई ल्याइएको छ । अहिले मुम्बईस्थित नानावटी अस्पतालमा उनलाई भर्ना गरिएको छ ।
अहिले उनको आईसीयूमा उपचार भइरहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । डाक्टरहरुले राहुलको दिमागको बायाँ हिस्सामा रगत जमेको हुनाले ठिक हुन समय लाग्न सक्ने बताए । श्रीनगरको अग्लो स्थानमा सुटिंग गरिरहेकोले अक्सिजनको समस्या भएको बताइएको छ ।
सन् १९९० मा रिलिज भएको फिल्म आशिकीबाट लोकप्रियता हासिल गरेका अभिनेता राहुल रातारात सुपरस्टार बनेका थिए । तर आशिकी सुपरहिट भए पनि त्यसपछिका फिल्म चल्न सकेका थिएनन् । उनले एकै पटक ४७ फिल्ममा साइन गरेका थिए ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -