नेपाल भाषाको चलचित्र ‘लुँ यागु तक्मा’ को शुभमुहुर्त

काठमाडौं– लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार मानकृष्ण वावाको स्वास्थ्य संरक्षण कोषका लागि नयाँ नेपाल भाषाको चलचित्र ‘लुँ यागु तक्मा’ को सोमबार शुभमुहुर्त भएको छ । हाँस्यसम्राट मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो ।


इमेज च्यानलबाट प्रसारण हुने नेपाल भाषाको लोकप्रिय टेलिसिरियल ‘ख्वताबजि’ का कलाकार वावाको स्वास्थ्यमा समस्या आएपछि उनको उपचारका लागि उक्त चलचित्र निर्माण गर्न लागेको हो । ख्वताबजि टेलिसिरियलमा चर्चित ठेगो ‘देपां बिइला…’ भन्ने उनको अभिनय धेरैले रुचाएका छन् ।
सुखावती मल्टी प्रोडक्सनका लागि सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहने यस चलचित्रमा संगीत नील शाक्य र नृत्य भोगेन्द्र मानन्धरको रहने छ ।
गोपालकाजी कायस्थ निर्माता, सहनिर्माता विश्वरत्न तुलाधर र कृष्णलाल महर्जन रहेको चलचित्रको कार्यकारी निर्माता रञ्जना सितिखु रहेका छन् भने निर्माण नियन्त्रक रुमन जोशीको रहने छ ।


सामाजिक विषयवस्तुमा केन्द्रित रहेको चलचित्रको छायाँकन देवेन्द्र महर्जन र सहनिर्देशन सविन शाक्यले गर्ने भएको छ । चलचित्रमा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखुलगायत नवकलाकारहरु रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ ।
एक पिताले आफ्ना सन्तानहरुको उन्नतिका लागि आफ्नो जिम्मेवारी वहन गरेर हुर्काउने तर छोराछोरीहरुलाई भने माया उल्टो हुने विषयलाई मार्मिक ढंगले चलचित्रमा प्रस्तुत गरिने निर्देशक तुलाधरले बताए ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -