बैज्ञानिकलाई बिन्ति, उनलाई शुभकामना !

मलाई घटना परिघटना सबै थाहा थियो, तिमी आउदै आउदैनौ भनेर ! शरीर रुप रङ्ग केही नभए पनि भगवानले बितेकाहरुसँग भावना साट्ने केबल माध्यम वा शब्द मात्रै दिएको भए पनि सायद उसले यसरी म्यासेज पठाउथी होली ? र हाम्रो सम्वाद नियमित भइनै रहन्थ्यो ।

मायालु भौतिक रुपमा तिमी सामु नभएपनि भावनात्मक रुपमा मन भित्रै छौ । भौतिक शरिर रहेछ भने पनि केही दुरी कायम हुन्छ नै । तर, तिमी र मेरो बिचमा भौतिक होइन भावनात्मक सम्बन्ध छ । जुन शिलालेख र ताम्रपत्र भन्दा पनि युगौसम्म अमिट रहेनेछ ।

मायालु तिमीसँगै यो भौतिक संसारमा बच्न नपाए पनि तिम्रा यादहरु भने सगरमाथा जस्तै अटल रहने छ । र ति यादहरुका बिचमा म जिवित रहने छु । थाहा छ काली तिमिलाई ? तिमी मबाट टाढा भए देखि तिमिभित्रको गहिराइको अनन्तमा अझै बढी हराएको छु । साथमा नभए पनि त्यो भन्दा ठूलो कुरा यादमा रमाउँ ।

हरेक पल मन भित्र साउने झरि परे पनि थाहा छ काली म आफैलाई सम्झाउने गरेको छु । यो कलीयुगको स्वार्थि संसारमा नभएपनि अर्को लोगको सुनौलो प्रतिक्षामा छु ।

आज मेरो मायालुको जन्मदिन । जन्मदिनको शुभकामना प्रिय । म तिम्रो लोकमा नभए पनि लाखौँ कोस टाढाबाट परलोकमा रहेकी प्रियलाई जन्मदिनको शुभकामना ।

धत् काली आँशु पो झार्छे । म सधै तिम्रो साथमा छु । आपूmलाई कहिले एक्लो नसम्झ । यता हेर त मेरो मनभित्र कसैले नदेख्ने ठाउँमा सझाएर राखेको छु ।

मलाई थाहा छ, तिमी मलाई निरन्तर नियाली रहेकी छौ । रातको त्यो सुनसान समयमा मसँग एक्लै कुरा गर्न मेरो घरको छाना माथि सान्तपूर्वक आउछौ । मैले त भन्ने मात्रै काली हो वास्तविक रुपमा त तिमी जुन भन्दा नि चम्कीली थियौ । साच्चै तिमी त जुन पो भइसके छौ । जनु मध्यमा नि सबै भन्दा चम्किलो तारा ।
तारा हेर्दै कहिले मुस्कुराउछु त कहिले आँखा रसाउछन् । तर तिमी सधै हाँसिरहनु तारलाई चम्किलोपना नै सुहाउँछ । म तिम्रो आँखामा बसेको छु । तिम्रा आँखा रसाए भने आँशुसँगै बग्ने डर हुन्छ ।

म मेरो हरेक जन्मदिन लाई तिमीलाई भेट्ने खुड्किलो सम्झन्छु । कुरेर बस है मुस्कुराउँदै । पुनर्जन्म मा भेट हुने आशाको प्रतीक्षामा छु । बैज्ञानिकले सबै कुरा बनायो तर बितेर जानेहरु सँग कुरा गर्ने माध्यम बनाउन सक्यो भने सबै भन्दा ठूलो चमत्कार त्यहि हुन्थ्यो ।

उही तिम्रो मायालु

प्रतिक बोहरा
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -