गन्तव्य : मध्यपुर थिमि, सम्पदा पदयात्रा सम्पन्न

मध्यपुर–थिमि– ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पति’ मूल नारा बोकेको मध्यपुर–थिमि नगरपालिकाले शुक्रबार सम्पदा पदयात्रा गरेको छ । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर ओस्ला नेपालको संयोजनमा उक्त कार्यक्रम आयोजना गरेको हो । वाग्मती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेपछि मध्यपुर–थिमि नगरपालिका–४, शंखधरचोकबाट सुरु भएको पदयात्रा बोडेको कुमारी मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा मध्यपुर–थिमिभित्रका विभिन्न सम्पदाहरुको जानकारीसहित गन्तव्य मध्यपुर थिमि पर्यटकीय हाते पुस्तिका विमोचन गरिएको थियो ।

शंखधरचोकबाट सुरु भएको सम्पदा पदयात्रा तछुटोल, विष्णुवीर, बालकुमारी, वामुनेटोल, लाछी टोल, लोकेश्वर मन्दिर, दथुटोल, लायकु, सिवाटोल, निगुः पुखु, इनायटोल, इन्द्रायणी, विष्णु कुण्डल, दिगुटोल, ताहाननी, चोडे महालक्ष्मीस्थान, भुँलाखेल, हात्तीमहाङ्काल, सिद्धिकाली, कुमाननी, चपाचो गणेश, सोङ्गा पुखु, पाटी विहार, बाहाखा बजार, गार्चा चोक, नगदेश द्योः छेँ, सिद्धि गणेश, बुद्ध विहार, विष्णु तकीँ, नछुटोल, लाछी, भाँगु, विष्णुघाट, लायकु, कमल पोखरी, कालिका मन्दिर, कुमारी द्योः स्क्वायरमा पुगेर सम्पन्न भएको थियो । सम्पदा पदयात्रामा सांस्कृतिक झाँकीका साथै महाकाली, मञ्जुश्री, अष्टमात्रिका नाचलगायतका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

पदयात्रामा वाग्मती प्रदेशसभाका सदस्यहरु डा. राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा, सरस्वती वाटी, पुरातत्व एवं संस्कृतिविद्, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मध्यपुर–थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राचीन सम्पदा बस्ती रहेको यस नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, जीवन्त कला देखाउँदै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सम्पदा पदयात्रा आयोजना गरेको बताउनुभयो ।
‘ऐतिहासिक जात्रा, पर्व, कला, संस्कृति र आकर्षक पार्कहरुले भरिएको मध्यपुरथिमिमा ऐतिहासिक प्राचीन बस्ती छ, यस बस्तीको दैनिकी अझै पनि परम्परागत र जीवन्त छ, ओझेलमा परेका मूर्त, अमूर्त कलाहरु यहाँ अवलोकन गर्न सकिन्छ’, प्रमुख श्रेष्ठले भन्नुभयो, ‘अब आन्तरिक तथा बाह्य पर्यटकले कम्तीमा पनि तीन घण्टा मध्यपुर घुमेर आनन्द लिन सक्छन्, पदयात्राले यसको सन्देश प्रवाह गर्ने छ ।’
ओस्ला नेपालका अध्यक्ष एवं कार्यक्रम संयोजक राजेश श्रेष्ठ, पुरातत्वविद् प्रकाश दर्नाल, शंखधर साख्वाः प्रतिष्ठानका ज्ञानराम श्रेष्ठलगायतले मध्यपुर–थिमिमा अन्यत्र नभएका सम्पदाहरु रहेको चर्चा गर्नुभयो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -