बाबा साकोसका पूर्व सञ्चालकहरुलाई बिदाई

भक्तपुर– बाबा बचत तथा ऋणा सहकारी संस्था लि. भक्तपुरले पूर्वसञ्चालक तथा उपसमितिका पदाधिकारीहरुलाई एक समारोहको आयोजना गरी बिदाई गरेको छ ।

संस्थाको १५ औं साधारणसभाबाट निर्वाचित पदाधिकारीहरुले साकोसको ३ वर्से कार्यकाल सफलतापूर्वक सम्पन्न गरी संस्थालाई गतिशील, विकास एवं विस्तार गर्नुहुने निवर्तमान सञ्चालकहरुलाई एक समारोहबीच विदाई गरेका थिए ।
विदाई समारोहमा बाबा सहकारीका पूर्वअध्यक्ष नविनप्रकाश श्रेष्ठले निवर्तमान अध्यक्ष रत्नमान श्रेष्ठ तथा निवर्तमान सञ्चालकहरुलाई उपहार प्रदान गरी विदाई गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका लेखासमिति, ऋण उपसमिति, शिक्षा उपसमिति, योजना तथा नीति निर्माण उपसमिति, महिला उपसमितिमा रहनुभएका संयोजक तथा सदस्यहरु, कर्मचारीहरुलाई उपहार प्रदान गर्नुभई विदाई गरेका थिए । सो अवसरमा उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सञ्चालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बाबा साकोसका अध्यक्ष ज्ञानराम श्रेष्ठले साकोसमा आबद्ध शेयर सदस्यहरुको आर्थिक जीवनस्तर उकास्न पूर्वसञ्चालक तथा उपसमितिका पदाधिकारीहरुको लगनशील र मेहनतप्रति धन्यवाद ज्ञापन गर्नुभयो । सहकारीले सामाजिक उतरदायित्वप्रति आत्मसाथ रही शेयर सदस्यहरुलाई आर्थिक गतिविधिमा सक्रिय बनाई संस्थाको हितमा सधैं कार्य गर्ने उहाँले बताउनुभयो । समारोहमा उपस्थिति शेयर सदस्यहरुलाई संस्थाका उपाध्यक्ष राजेश श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव ज्ञानहरि श्रेष्ठले गर्नुभएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -