मध्यपुर थिमिमा ओली पक्ष भेलाको तीब्रता

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली पक्षले यही पौष २७ गते बृहत् भेला तयारीको लागि मध्यपुर थिमि नगर क्षेत्रका विभिन्न वडामा अगुवा कार्यकर्ता भेलालाई तीब्रता दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मध्यपुर थिमि नगरपालिका–४ का अगुवा कार्यकर्ता भेलामा केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष बचन देउजाले नेकपाको एकीकरणदेखि नै प्रचण्ड समूहले सरकारलाई असफल बनाउन षड्यन्त्र गर्दै अन्ततः नेकपा विभाजनको संघारमा पुर्याएको आरोप लगाउनुभयो । भेलामा मध्यपुर थिमि नगरपालिकाका मेयर तथा नेकपाका जिल्ला सदस्य मदनसुन्दर श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामै गर्न नदिई असफल बनाएर मुलुकलाई सधैं अस्थीर बनाइराख्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लागिरहेको बताउनुभयो ।
भेलामा नेकपा जिल्ला कमिटी सदस्य ज्ञानराम श्रेष्ठले ३ वर्षसम्म संसद्, संवैधानिक आयोगलाई पंगु बनाउन प्रचण्ड समूहले भूमिका खेलेको आरोप लगाउँदै सरकारलाई घेराबन्दीमा पारेको कारण प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्न बाध्य पारेको बताउनुभयो ।

भेलामा जिल्ला नेता चन्दनकृष्ण श्रेष्ठले नेकपा नेता कार्यकर्ताहरु अब ओलीलाई साथ दिई देशलाई नेतृत्व प्रदान गर्न सहयोग गर्न सक्रिय हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य उमेश श्रेष्ठ, नेता बालकृष्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
त्यसै गरी वडा नंं ५ तथा वडा नंं १ मा भएको भेलामा पनि केन्द्रीय सदस्य बचन देउजा, मेयर मदनसुन्दर श्रेष्ठ, जिल्ला सदस्यहरु सूर्यलाल श्रेष्ठ र उतरा नेपालले बोल्नुभएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -