प्रचण्ड–माधव गुट पद लोलुपताको झुण्ड हो : नेता देउजा

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली पक्षका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले नेकपाको स्पष्ट बहुमत प्राप्त सरकारलाई असफल बनाउन पार्टीभित्रबाटै अराजक र अस्थीर राष्ट्र बनाउन प्रचण्ड–माधव समूहले गुटबन्दीको नेतृत्व गरेको कारण प्रतिनिधिसभा विघटन भएको दाबी गर्नुभएको छ ।

पुस २७ गते हुने जिल्ला स्तरीय बृहत् भेला तयारी तथा पुस २० गते भएको नेकपा मध्यपुर थिमि वडा नंं ६, ७, ८, ९, २ र ३ मा अलग–अलग आयोजित वडा स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता देउजाले विधि र विधानको कुरा गर्ने प्रचण्ड–माधव गुटका पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा परिवाद लागू गरेको भन्नुभयो । उहाँले भन्नुभयो– ‘प्रचण्ड–माधव गुट पद लोलुपताको झुण्ड हो ।’

भेलामा मध्यपुर थिमि नगरपालिकाका मेयर तथा नेकपाका जिल्ला कमिटीका सदस्य मदनसुन्दर श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थता माथि कुदृश्य लगाएर अस्थीर राजनीति गरेको आरोप लगाउनुभयो । उहाँले नेकपा एकीकरण सुरुवातीको दिनदेखि नै नेता ओलीलाई धोका दिँदै आएको बताउनुभयो ।
वडा नंं ८ मा आयोजित भेलामा नेकपा भक्तपुर जिल्ला कमिटी सदस्य ज्ञानराम श्रेष्ठले प्रधानमन्त्री प्रणालीको शासकीय स्वरुपअन्तर्गत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक अधिकार प्रष्ट भएको उल्लेख गर्दै सम्माननीय राष्ट्रपतिलाई विवादमा मुछेर अस्थीरता निम्त्याउन खोजेको आरोप लगाउनुभयो ।
विभिन्न कार्यक्रममा जिल्ला सदस्यहरु चन्दनकृष्ण श्रेष्ठ, सूर्यलाल श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ, राष्ट्रशमशेर थापा, अनीस आचार्य, दीपेन्द्र थापा, सकुन्तला श्रेष्ठ, यादव खड्का, ज्ञानकुमार मकै र कवीर चक्रधरलगायतले बोल्नुभएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -