प्रधानमन्त्री ओली धनगढीमा

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्नु भएको छ । विमानस्थलबाट सिधै प्रधानमन्त्री ओली नेपाल राष्ट्र बैंक धनगढी जानुभएको छ । त्यसपछि दिउँसो उक्त बैंकबाट नजिकै रहेको धनगढी खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गत चुनावमा आर्थिक समृद्धि र विकासको योजना बनेर जनतामाझ जानु भएका ओलीलाई काम गर्न बिचैमा अवरोध खडा भएपछि फेरी जनतामाझ जाने निर्णय लिनु भएको हो । प्रधानमन्त्री ओलीले आफू सरकारको नेतृत्व सम्हालेदेखि नै पछाडी परेको क्षेत्रलाई प्राथमिकता दिदै आउनु भएको छ ।

सुदरपश्चिम केही पिछडिएको भएकाले त्यहाँका जनतालाई विकास र समृद्धिका लागि आफ्नो थप आश्वासन दिनका लागि ओलीले काठमाडौ बाहिरको आफ्नो कार्यक्रमको थालनी सुदुरपश्चिमबाट गर्न लाग्नुभएको हो । त्यही विकास र समृद्धिको आफ्नो यात्रामा अघि बढ्नका लागि उहाँले आफू फेरी जनतामाझ आएको सन्देश दिनुहुनेछ ।

सुदुरपश्चिमलाई प्रधानमन्त्री ओलीले अहिले आफ्नो मन्त्रिपरिषदमा ऐतिहासिक प्रतिनिधित्व गराउनुभएको छ ।विगतमा कर्णाली, सुदुरपश्चिम भनेर हेपिने, सरकारमा कुनै प्रतिनिधित्व नै नगराउने खालको गतिविधि पनि हुन्थे । अहिले ओलीले विगतका सरकारहरुका त्यस्ता प्रचलन तोड्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावको मिति तय गर्नुभएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -