पशुपतिनाथलाई चिसोबाट जोगाउन धनुर्मास पूजा गर्ने

काठमाडौं– भगवान् पशुपतिनाथलाई चिसोबाट जोगाउन धनुर्मास पूजा गर्ने भएको छ । पशुपतिनाथको मूल मन्दिरमा शनिबार २४ सै घण्टा धनुर्मास पूजा आराधना गर्ने भएको छ ।

आदिकालदेखि नै सौर र चान्द्र मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गर्ने परम्परा छ । पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन र रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।

पुस १५ देखि आगामी माघ २९ सम्म सौर र चान्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ । जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर र खिचडीलगायत प्रसादका रूपमा पशुपतिनाथमा चढाउने परम्परा छ । पशुपतिनाथका मूलभट्ट र अमालकोट कचहरीका द्वारेलगायत पूजामा सहभागी हुनुपर्ने विधि छ ।

धनुर्मास पूजा गरेपछि आइतबार दिनभर मूल मन्दिर भक्तजनका लागि बन्द गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । शिवपार्वती पनि आइतबार घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -