जनता साकोसको १२ औं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । चित्रपुरस्थित जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधाणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजेशकुमार राजथलाले आ.व. २०७६/०७७ मा संस्थाले अधिकांश लक्ष्य हासिल गर्न सफल भएको सभा जानकारी गराएका थिए ।
उहाँले आ.व. २०७६/०७७ असार मसान्तसम्ममा संस्थाको २ हजार ३ सय ४१ जना शेयर सदस्य संख्या पु¥याउन सफल भई सदस्यहरुबाट १५ करोड ७२ हजार ७ सय ७५ रुपैया बचत सङ्कलन गर्न सफल भएको ब्यहोरा सभामा जानकारी गराएका थिए । संस्था आ.व. २०७६/०७७ मा १३ करोड ७९ लाख ४१ हजार ९ सय ६४ रुपैया ऋण लगानी गरी आ.व. २०७६।०७७ मा २० लाख २४ हजार ५ सय २९ रुपैया खुद नाफा आर्जन गर्न सकेको र सस्थाको कुल करोवार १९ करोड ९७ हजार ५ सय ४८ रुपैया गर्न सफल भएको व्यहोरा अध्यक्ष राजथलाले सभा जानकारी गराए ।
सभामा संस्थाका सचिव राजु प्रजापतिले संस्थाको आ.व. २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७७/०७८ को प्रस्तावित कार्ययोजनाहरु र कोषाध्यक्ष कृष्णगोपाल राजथलाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७७/०७८ को प्रस्तावित आर्थिक योजनाहरु प्रस्तुत गरेका थिए ।


साधारणसभाले आगामी ४ वर्ष कार्यकालका लागि अध्यक्षमा राजेशकुमार राजथलामा, उपाध्यक्ष महेन्द्र राजथला, सचिवमा राजु प्रजापति र कोषाध्यक्षमा कृष्णगोपाल राजथलालाई निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक सदस्यहरुमा उर्मिला राजथला, दिनेश प्रजापति, स्टार राजथला, कृष्णकेशरी प्रजापति र राधाकृष्ण राजथालालाई पनि चयन गरिएको छ ।
यसै गरी सभाले संस्थाको लेखासुपरीवेक्षण समितिको संयोजकमा सानुकान्छा राजथला र सदस्यहरुमा बाबुकृष्ण प्रजापति, मदन राजथलालाई पनि निर्विरोध निर्वाचित गरिएको छ ।
कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गरी संस्थाले पुस २० देखि २२ गतेसम्म सदस्यहरुबाट उपस्थिति तथा सुझाव संकलन गरी पुस २५ गते साधारणसभा समारोह भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा मध्यपुर थिमिस्थित यचु पार्टी भेन्युमा सञ्चालन गरिएको थियो ।
संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको सभापतित्वमा भएको समारोहमा सूर्यविनायक नगरपािलका सहकारी विभाग प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, भक्तपुर जिल्ला सहकारी संघका सञ्चालक सहना पसखल, राष्ट्रिय सहकारी बैंक थिमि शाखाका प्रमुख सिता भट्टराई, चखुँ प्रकाशन समूका अध्यक्ष सुदन खड्का, जनता साकोसका सल्लाहकार राजकुमार राजथला र कानुनी सल्लाहकार अलिकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएका थिए ।
समारोहमा भौतिकरुपमा उपस्थिति हुन नसकेका शेयर सदस्य तथा शुभेच्छुकहरुका लागि नमस्ते ख्वप टेलिभिजन र संस्थाको फेसबुक फेजबाट लाईभ प्रसारण गरी कार्यक्रममा सहभागिताको संस्थाले व्यवस्था गरिएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -