स्वतन्त्र न्यायालयलाई नधम्क्याउनुहोस् : प्रधानमन्त्री ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा संगठित भएर प्रतिनिधिसभा विघटनको विपक्षमा फैसला नगर्न पूर्वप्रधानन्यायाधीशहरुलाई चेतावनी दिएका छन् ।
राष्ट्रिय युवा संघ वाग्मती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा आयोजित विशाल सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुलाई मर्यादाको ख्याल राख्न सचेत गराउँदै भन्नुभयो– ‘पूर्वप्रधानन्यायाधीशहरुको वक्तव्य आपत्तिजनक छ । स्वतन्त्र न्यायालयलाई तपाईंहरु नधम्क्याउनुस् । सडकबाट फैसला नगर्नुस् ।’ उहाँले ६४ प्रतिशत जनमत प्राप्त सरकारले सरकार चलाउन सकिने अवस्था नभएपछि ताजा जनादेशका लागि संविधानको अधिनमा रही प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– उहाँहरुले भनेजस्तो फैसला गर्ने भए संवैधानिक अदालत किन चाहियो ?’

शुक्रबार सर्वोच्च अदालतका चार पूर्व्प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्नुृभएको थियो ।
प्रधानमन्त्री ओलीले पोहर–परार जागिर खाएका थिए र अहिले पनि खाएको छु भन्ने नठान्नुहोस् । सर्वोच्चको संवैधानिक इजलासमा चलिरहेको मुद्दालाई लिएर विज्ञप्ति जारी गर्नु गलत छ भन्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले सर्वोच्चका पूर्वप्रधानन्यायाधीशहरुले सडकमा बसेर मात्र फैसला गर्न योग्य भएको आरोप लगाउँदै ती पूर्वप्रधानन्यायाधीशहरुले विगतमा गरेका फैसला पनि जनताले समीक्षा गर्ने बताए । उहाँले जननेता मदन भण्डारीको मृत्युपछिको जनताका बहुदलीय जनवादका प्रमुख उतराधिकारी ओली भएको दाबी गर्दै मदन भण्डारीको मृत्युपछि माधबकुमार नेपाललाई महासचिवको रुपमा स्वीकार गर्नु नै राष्ट्रको गलत रोडम्याप भएको बताउनुभयो ।
उक्त अवसरमा नेकपा केन्द्रीय सदस्य एवं युवा संघका पूर्वअध्यक्ष केशव स्थापितले केपी ओलीको बाटो सही भएकोले मध्यावधि निर्वाचनमा लाखौं युवा परिचालन हुने चर्चा गर्दै अबरुद्ध पार्टी एकता अब केही काखीमा चिलाउने किटाणु सफा गरेपछि निरन्तर अगाडी बढ्ने छ भन्नुभयो ।
दर्जनौं युवा नेताहरुले सम्बोधन गर्नुभएको सभाअघि उपत्यकाको विभिन्न स्थानबाट विशाल जुलुसले नगर परिक्रमा गरेका थिए भने प्रदेश २ का मिथिला सन्देश दिन माइतीघरबाट प्रम ओलीको पक्षमा धोती जुलुसले पनि नगर परिक्रमा गरी प्रज्ञा भवन पुगेका थिए ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -