शुभश्री साकोसको अध्यक्षमा पुनः ज्ञानकृष्ण श्रेष्ठ

भक्तपुर । मध्यपुर थिमिस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी ४ वर्षको कार्यकालका लागि पुनः ज्ञानकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको पुस १९ गतेदेखि २४ गतेसम्म भएको १३ औं वार्षिक साधारणसभाले ९ सदस्यीय सञ्चालक समिति निर्वाचित गरिएको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा श्यामकृष्ण कायष्ठ, सचिवमा काशीभक्त श्रेष्ठ र कोषाध्यक्षमा तुल्सीमान श्रेष्ठ चयन भएका छन् । यसै गरी सञ्चालक सदस्यहरुमा सुन्दर बज्राचार्य, रत्नसुन्दर कायस्थ, उत्तम श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र सचिता कसिध्वोंजु श्रेष्ठ निर्वाचित भएका छन् ।
संस्थाको लेखासुपरीवेक्षण समितिमा संयोजक गोपाल न्हा श्रेष्ठ र सदस्यहरुमा सुनैना श्रेष्ठ, शुभेच्छा बज्राचार्य सभाबाट निर्विरोध निर्वाचित भएका छन् ।


पुस १९ गते मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शुभारम्भ गरेको साधारणसभाको पुस २५ गते शनिबार समापन समारोह भएको हो ।
साधारणसभामा सस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ४ करोड ४३ लाख १ हजार पाँच सय रुपैया शेयर पूँजी संकलन रहेको र सदस्यहरुबाट ३५ करोड २ लाख ३५ हजार आठ सय आठ रुपैया निक्षेप संकलन गरी २० करोड ६६ लाख ४६ हजार एक सय अन्ठानब्बे रुपैया सुरक्षित ऋण लगानी रहेको जनाएका थिए । सभामा अध्यक्ष श्रेष्ठले कोभिड–१९ को बिषम परिस्थितिमा पनि संस्थाले आ.व. २०७६/०७७ मा १ करोड १६ लाख ३ हजार छ सय उनानपचास रुपैया खुद बचत गर्न सफल भएको पनि सदस्यहरुलाई जानकारी गराएका थिए ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -