नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको १९ औं उपशाखा सभा सम्पन्न

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको १९ औं उपशाखा सभा आइतबार सम्पन्न भएको छ ।
उपशाखाका सभापति पूर्णकेशरी श्रेष्ठको सभापतित्वमा भएको सभा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
सभामा उपशाखाका सचिव जीवन श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष काशिभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा उपशाखाले रेडक्रसका आजीवन सदस्यहरु तथा सहयोगीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -