कीर्तिपुर नगरपालिकामा स्थानीय पाठ्यक्रमका लागि सुझाव संकलन

काठमाडौं । कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्नको लागि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक बारे सुझाव संकलन गरेको छ ।
नगरपालिकाले बनाउने नेपालभाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक कस्तो र के के विषयवस्तु समावेश गर्ने भन्ने बारे सुझाव संकलन गरेको हो ।
कीर्तिपुरस्थित स्थानीय मंगल माध्यमिक विद्यालयमा आयोजित पाठ्य पुस्तकमा भाषागतरुपले कस्तो हुनु पर्ने, विद्यार्थीहरुलाई कसरी अध्यापन गर्ने बारे विद्यालयका शिक्षकहरुबाट सुझाव संकलन गरिएको हो ।
सुझाव संकलन कार्यक्रमा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको सहभागितामा शिक्षा शाखाका जुजुभाई महर्जन, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हिराबहादुर महर्जन, नेपालभाषा केन्द्रीय विभागका उपप्राधयापक बज्रमुनि बज्राचार्यलगायत पनि सहभागिता रहेको थियो ।
पाठ्यपुस्तक आगामी शैक्षिक सत्रमा अध्यापन गराउने लक्ष्यका साथ तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -