एनएमबि बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैकले बुुधबार कृष्ण टावर नयाँ बानेश्वरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा साधारण सभा सम्पन्न गरेको हो ।

कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -