शंखधर प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले प्रतिष्ठानलाई संस्थागत विकास गर्न बिभिन्न योजनाहरु बनाई अघि बढ्न सुझाव दिनु भएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको बुधबार सम्पन्न १५ औं साधारणसभा उद्घाटन गर्नुहुँदै नगर प्रमुख श्रेष्ठले प्रतिष्ठानलाई सहयोग र हातेमालो गर्न नगरपालिका सधैं तयार गरेको बताए ।


उहाँले प्रतिष्ठानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकार लिनको लागि पनि आग्रह गरेका छन् ।
सभामा संस्थाका सचिव ज्ञानकृष्ण श्रेष्ठले आ.व. २०७६/०७७ को प्रगति प्रतिवेदन तथा आ.व. २०७७/०७८ को कार्ययोजना प्रस्तुत गर्नु भएको ।
प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा गरिवी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई, प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरलगायतले नेपाल संवत् र शखधर प्रतिष्ठानले पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।
प्रतिष्ठानले नेपाल सम्वत् र राष्ट्रिय विभूति शंखधर साख्वाःको बारेमा प्रचारप्रसार एवं अनुसन्धानलगायत कार्यमा महत्वपूर्ण योगदान दिंदै आएको छ ।

+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -