सिलाई प्रशिक्षार्थीहरुलाई प्रमाणपत्रसहित बिदाई

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले तीन महिने सिलाई प्रशिक्षण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।
स्थानीय मध्यपुर थिमिमा सञ्चालित ४० जना महिला प्रशिक्षार्थीहरुलाई बुधबार सम्पन्न प्रमाणपत्र वितरण तथा बिदाई कार्यक्रममा उपप्रमुख मधिकर्मीले सफलतापूर्वक तालिममा सहभागिता जनाउनु भएका सम्पूर्णलाई बधाई दिंदै उक्त प्रमाणपत्र वितरण गरिएको हो ।


केन्द्रका अध्यक्ष सुष्मा श्रेष्ठको सभापत्विमा सम्पन्न कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठलगायतले प्रशिक्षार्थीहरुले आफूले प्राप्त गरेको ज्ञानलाई व्यवसायिक रुपमा प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
विगत तीन महिदेखि सिद्धिकाली सिलाई प्रशिक्षण केन्द्रले लेबल एक र लेबल दुई सिलाई प्रशिक्षण सञ्चालन गरेको थियो । प्रशिक्षण गंगा अवाल, तुल्सीकृष्ण श्रेष्ठ, सुष्मा श्रेष्ठले दिनु भएको थियो ।
कार्यक्रममा तालिमका सहभागीहरुले तयार पारेका पोशाकको प्रदर्शनी तथा सांगितिक कार्यक्रम समेत गरेको थियो ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -