निर्वाचन कुनै प्रतिगमण होइन : संचारमन्त्री गुरुङ

भक्तपुर– संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्नु संवैधानिक एवं अग्रगमण भएको दाबी गर्नुभएको छ ।
नमस्ते ख्वप टेलिभिजनको प्रथम वार्षिकोत्वसको उद्घाटन गर्दै मन्त्री गुरुङ्गले भन्नुभयो– ‘निर्वाचन कुनै प्रतिगमन होइन, यो संवैधानिक कदम हो ।’ उहाँले सबै राजनीतिक दलहरु मध्यावधि निर्वाचनमा गएर आफूलाई परीक्षण गर्नु लोकतान्त्रिक संस्कार भएको उल्लेख गर्दै मध्यावधि निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । मन्त्री गुरुङ्गले सम्पूर्ण संचार माध्यमले स्वतन्त्र, निष्पक्ष र सन्तुलित ढंगले सूचना सम्पे्रशन गर्न आग्रह गर्दै आफूले नमस्ते ख्वप टेलिभिजनको शुभारम्भको दिनमा पनि आफू उपस्थित भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले टेलिभिजनको एक वर्षको अवधिको समीक्षा गरी टेलिभिजनको उत्पादन, प्रसारण तथा सम्पे्रशनलाई अझ व्यवस्थित बनाउन सकोस् भनी शुभकामना दिनुभयो । अर्का प्रदेश सभा सदस्य शशीजंग थापाले टेलिभिजनले कोभिड–१९ महामारीबीच पनि व्यवस्थापन गरी अगाडी बढेको उल्लेख गर्नुभयो ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको विकास निर्माण कार्यलाई सकारात्मक माध्यमबाट उत्पादन तथा प्रसारण गरेकामा आभार व्यक्त गर्दै कोभिड–१९ को कठिन परिस्थितिमा पनि टेलिभिजन टिकाइ राख्न सक्नु भनेको टेलिभिजनको यात्रा सकारात्मक एवं सुखदको संकेत हो भन्नुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाले एशियाकै चर्चित पुरस्कार ‘टाउनस्केप एवार्ड २०२०’ पाउन सफल भएकोमा टेलिभिजनले नगरपालिकालाई सम्मान गरेको थियो । त्यस्तै साफ खेलमा कराँतेमा डबल स्वर्ण धारी खेलाडी मण्डेकाजी श्रेष्ठ वर्ष खेलाडी घोषणा भएकोमा पनि उनलाई टेलिभिजनले सम्मान गरेको थियो । टेलिभिजनका अध्यक्ष बालकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेलिभिजनमा प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले टेलिभिजनलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने संघसंस्था एवं व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा कलाकारहरुले सांस्कृतिक नृत्य पनि मञ्चन गरेका थिए ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -