नेपाल क्षयरोग निवारण संस्था भक्तपुरमा पुष्पलाल

भक्तपुर– नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको शनिबार सम्पन्न ४१ औं जिल्ला सभा तथा ११ औं अधिवेशनले सभापतिमा सर्वसम्मत पुष्पलाल तिमिलालाई निर्वाचित गरेको छ ।
नयाँ कार्यसमिति सदस्यहरुमा सुमन श्रेष्ठ, राजेश्वरी शिल्पकार, महेन्द्रलाल कायस्थ, सानु त्वाय्ना, रत्नालक्ष्मी भैलः, कृष्णदास श्रेष्ठ, रत्नलाल साँद, सोमबहादुर पन्थ, सुरेश प्रधान र बालकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।
संस्था सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय उपाध्यक्ष वेदप्रसाद कोजुले उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाका केन्द्रीय पूर्व महासचिव धनमान श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय भक्तपुर प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजार, राष्ट्रिय क्षयरोग निवारण केन्द्रका उपसचिव मुक्तिनाथ खनालले अधिवेशनको सफलताको कामनासहित क्षयरोगका बारेमा प्रकाश पारेका थिए ।
संस्थाका सहसचिव लक्ष्मण सुजखुले स्वागत गरिएको उक्त कार्यक्रम विजय कर्माचार्यले कार्यक्रम संचालन गरेका थिए । साधाणसभाबाट सचिव र कोषाध्यक्ष एवं लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो ।

बाबुकाजी साछें श्रेष्ठ
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -