ओलीको ‘कद्’

जननेता स्व. मदन भण्डारीले अमेरिकाको न्यूजविकमा दिएको अन्तवार्ता २७ मे १९९१ मा प्रकाशित भएपछि त्यो सर्वकालिन चर्चामा छ । जव जव नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण विकासक्रमवारे चर्चा हुन्छ, त्यसबेला मदन भण्डारीको उक्त अन्तवार्ता स्मरण हुन्छ ।
विश्व राजनीतिक परिदृश्यमा वामपन्थी विचार छायाँमा परेको त्यो समयमा “नेपाल, जहाँ कालमाक्र्स जीवित छन्” शीर्षकमा दिइएको अन्तवार्ताले विश्वरभरिका वामपन्थीलाई उर्जा थपेको थियो । नेपाली राजनेताको त्यो दृष्टिकोणले कालमाक्र्स विचार कार्यान्वयनको पुनःउदयका लागि संसारलाई निर्देशित गरेको थियो । नेपालमा दुईतिहाई नजिकको बामपन्थी सरकारको बाटो जननेताको नवीन विचार जनताको वहुदलीय जनवाद (जवज) नै थियो । जवजले नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिक रुपान्तरणमात्र गरेन, विश्व कम्युनिष्ट आन्दोलनलाई दिशानिर्देश समेत गर्यो ।
केही समययताको नेपाली वर्तमान राजनीतिमा जननेता मदन भण्डारीपछि लिनुपर्ने अर्को जननेतामा प्रधानमन्त्री केपी शर्मा ओली दरिनुभएको छ । माक्र्सवादको घरेलु सृजनात्मक प्रयोग जवज थियोभने त्यो जवजको कार्यान्वयनको नेतृत्व ओलीले लिनुभयो । उहाँका पछिल्ला सम्बोधन र अन्तर्वार्ता चर्चाको सूचीमा पर्छन, किनकी ती अन्तवार्ता सारबस्तुका दृष्टिकोणमा अत्यन्तै सवल छन् ।
भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र वैचारिक सवालमा प्रम ओलीको स्पष्ट उच्चस्तरको राजनीतिक बौद्धिकताको उचाइले अन्य नेताको कदलाई होचो बनाइदिन्छ । उहाँ औसत राजनीतिज्ञ भन्दा उपल्लो स्तरको नेता हुनुहुन्छ । देश विकासको दृष्टिकोण र सोचमा उहाँ धेरै अघि हुनुहुन्छ । उहाँको पहिलो प्रधानमन्त्रीत्व कालले जुन इतिहास निर्माण गर्यो, दोश्रो कार्यकालमा त्यस्तै इतिहास निर्माण भएका छन् ।
सन् २०२१ जनवरी ११ मा भारतीय सञ्चारमाध्यमबाट हिन्दी र अंग्रेजी भाषामा प्रसारित अन्तवार्ताले बजारमा प्रशंसा पाएको छ । पछिल्ला दिनमा नेपाली सञ्चार माधयमहरुले सबैभन्दा बढी साभार गरिएका सामग्रीमध्ये भारतीय सञ्चार माध्यमा प्रसारित ती अन्तर्वार्ता छन् । ती अन्तवार्ता युवापंक्तिले रुचाइएको मध्येमा पनि परेको छ । खासमा ती पछिल्ला हिन्दी र अग्रेजी अन्तवार्तामा प्रधानमन्त्री ओली त बोल्नुभएको छ नै नेपालको भाष्य नै बोलेको छ । जव ओली बोल्नुहुन्छ, देश बोल्छ । जव प्रधानमन्त्री बोल्नुहुन्छ, वास्तवमै देश बोल्छ । अन्तवार्तामा नेपाली स्वार्थको उपयुक्त र सही नेतृत्व भएको छ ।
सरकारविरुद्ध आगो ओकल्नेहरु पनि उक्त अन्तरवार्ता र पछिल्ला सम्बोधनले प्रम ओलीप्रति मोहित भएका छन् । सामाजिक सञ्जालहरुमा सधै केपी ओलीलाई सत्तोसराप गर्नेहरु पनि अब भने उहाँको पक्षमा उभिने भएँ भनेर गरिएको पोष्टहरु प्रशस्त देखिन्छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियामात्रै होइन, एसियाकै बौद्धिक र आध्यात्मवादमा धेरै ज्ञान भएका नेतामा गनिन्छन भनिन्छ । उनलाई धर्मशास्त्रको त धेरै कुरा थाहा भएको भनिन्छ । यसैले उनलाई यी विषयमा अति कदर पनि गरिन्छ । तर भारतीय चलाख पत्रकार सुधीर चौधरीसितको अन्तर्वार्ता प्रसारित भएपछि मोदीमा भन्दा ओलीको बौद्धिक क्षमता अब्बल भएको टिप्पणीहरु बहिर आइरहेका छन् । प्रधानमन्त्री ओली र मोदीको तुलना आवश्यक छैन, तर हरेक बिषयको ज्ञानका दृष्टिकोणमा मोदीभन्दा ओली निकै अघि हुनुहुन्छ ।
साउथब्लक अर्थात् दिल्ली दरबारलाई टक्कर दिइएको उक्त अन्तवार्ताले प्रम मोदीलाई नै दोहो¥याइ तेह¥याइ सुन्न बाध्य पार्यो । शक्ति र क्षमताका हिसाबले संसारका केही चर्चित नेताहरुमध्ये भारतीय प्रम मोदी पर्नु हुन्छ भने अब नेपाली प्रधानमन्त्री ओली पनिपर्नु भएको विश्लेषण हुन थालेको छ । प्रम ओलीको पछिल्ला भाषण र भारतीय टेलिभिजनका अन्तवार्तालाई धेरैले दोहोर्याएर सुनेका छन् । घण्टौ भाषणका सिलसिला, उठान गरिएका विषयवस्तु र दिन खोजिएको सन्देशमा प्रधानमन्त्रीको राजनीतिक बौद्धिकता प्रदर्शित भएको छ । राजनीतिक दृष्टिकोण र आफूले गरिरहेका र गर्न खोजेका सन्दर्भका औचित्य प्रमाणित गर्न उहाँ सधै सक्षम र सफल हुनुहुन्छ ।
प्रम ओलीले उठाएका विषय र कदम सबैलाई मन नपर्न सक्छ । अर्थात् सबै सहमत नहुन पनि सक्छ । तिरष्कारमात्रै होइन विरोध र प्रतिकार पनि गर्न सकिन्छ । तर, उनका अब्बल व्यक्तित्वलाई भने विरोधी खेमाले पनि स्वीकार्न थालिएको अवस्था छ, प्रम ओलीका तिनै पछिल्ला अन्तवार्ता र भाषणहरुबाट ।
विदेशी मिडिया आएर प्रधानमन्त्रीको अन्तर्वार्ता खोज्नु अन्यथा होइन । प्रधानमन्त्रीले पनि विदेशी मिडियालाई अन्तर्वार्ता दिनु कुनै उपद्रो होइन । तर ती सञ्चारमाध्यमले उठान गरेका हरेक विषयवस्तुको अध्ययन गरेर प्रधानमन्त्रीले अन्तर्वार्ता दिने नदिने भन्ने निर्णय लिने कुरा पनि भएन । केही विश्लेषकहरु विवादास्पद मिडियालाई प्रधानमन्त्रीले अन्तर्वार्ता दिनुहुन्नथ्यो भन्नु पनि तर्कसंगत छैन भन्ने लाग्छ । किनकि संसारका हरमिडिया सम्बन्धित देशका कानुनअनुसार सञ्चालित हुन्छन् । विवादास्पद यतिबेलामात्र आरोपित गर्न सकिन्छ ता कि मिडिया कनुनबमोजिम सञ्चालित नहोस् । त्यसो हो भने हर नेपाली मिडियालाई केही न केही धब्बा लगाएर विवादास्पद मिडिया भन्ने आयम चलाइयो भने के होला ।
कतिपयले प्रधानमन्त्रीको त्यो अन्तवार्ता उच्चस्तरको भएकाले छायामा पार्न सगरमाथातिर मोडिएको हो भन्छन् । कार्यक्रम प्रस्तोता सुधीर चौधरीले सगरमाथा नाप्ने वास्तविक काम भारतीय सिकंदरले गरेको हो भनेर सम्झाउन खोजेका पक्कै हो । त्यसवेलाका सर्वे प्रमुख बेलायती जर्ज एभरेष्ट जोडिएर माउण्ट एभरेष्ट नाम किन रहेको होला भनेर उनको रिर्पोटले प्रश्न उब्जाएको छ । काम गर्ने व्यक्ति भारतीय गणितिज्ञ राधानाथ सिकंदरको नाम हुनुपर्ने तर्क रिर्पोटको सार हो । त्यसैले प्रधानमन्त्रीको अन्तर्वार्तालार्ई सगरमाथासम्बन्धि रिर्पोटसँग जोडेर प्रचार हुनु मिथ्य प्रचारसिवाय केही हुनसक्दैन ।
मिडिया कन्टेन्टहरुबाट राष्ट्रियता, अखण्डता र स्वाधिनतामाथि प्रहार हुन्छ भने आपत्ति प्रकट गर्नु, स्पष्टयोक्ती गर्नु हरेक देश र नागरिकको पहिलो कर्तव्य हो । त्यसका लागि प्रम ओलीको दुई अन्तरवार्ता पनि काफी छन भन्ने लाग्छ । केही मिडियाका सामाग्रीका आधारमा विवावस्पदको दाग लगाउने हो भने त्यस्ता मिडियाका सूची नेपालभित्र नबन्लान र ?
राष्ट्रियता, स्वाधिनता र नेपाली भूमि रक्षाका सवालमा यो शताब्दीकै अब्वल नेपाली राजनेता प्रम केपी ओली नै सावित भइसक्नु भएको छ । विश्व मानचित्रको सानो टुक्रा नेपाललाई चिनाउन पूर्खाहरु खुडा, खुकुरी र सानातिना हतियार लिएर पनि लडेँ, वर्तमान प्रधानमन्त्री वली भने बौद्धिक हतियारले लड्दैछन् । ठूला देशको ठूला कुरालाई वलीको बौद्धिकाताको धारिलो हतियारले ठेगान लगाउनसक्नु आम नेपालीको जीत नै हो ।
चीनसँग जोडिएको नेपालको सगरमाथामाथि कसैले धावा बोल्न सक्दैन । भारतसँग सगरमाथा कुनै पनि दृष्टिले जोडिँदैन । केही हिमालहरु पहिचानका निम्ति जसले काम गरे उसैका नाम राखिने चलन पहिलेपहिले रहेछ । कुनै एक मिडियाले यसो हुँदा कसो हुन्छ भनेर गरिएको तर्कलाई उराल्नु प्रतिस्पर्धी मिडियाभित्रको रोइलो जस्तै हो । र, प्रधानमन्त्री ओलीको अन्तर्वातालाई अन्यथा मोड्ने प्रयासमात्रै हो । त्यसैले सर्वाधिक चर्चामा रहेको त्यो अन्तर्वार्ता बुलन्द छ, अन्तराष्ट्रिय जगतमा नेपालीको शिर ठाडो बनाएको छ र नेपालीको सान वढेको छ । विचार अलग होस, पार्टी अलग होस फरक परेन तर अन्तरर्वार्ताका सवालमा हाम्रा प्रधानमन्त्री ओलीको उच्च प्रशंसा गर्नुपर्छ ।
लेखकः संचार तथा सूचना प्रविधि मन्त्रीका प्रेस बिज्ञ हुनुहुन्छ ।

राजेन्द्र मानन्धर
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -