मध्यपुर थिमिमा विद्यालय खोल्यो

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका विद्यालय पनि आज आइतबारदेखि संचालनमा आएको छ । कोरोना संक्रमणको कारण गत चैत्रदेखि बन्द बन्द भइरहेको उपत्यकाका विद्यालय धमाधम खोल्ने क्रममा मध्यपुर थिमि क्षोत्रमा पनि आइतबारदेखि सञ्चालन गरिएको हो ।


नगरपालिकाको शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।,
विद्यालय स.चालनका लागि जारी गरेको बुँदा नं. ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यालय सञ्चालनका लागि विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रममापन गर्ने व्यवस्था मिलाउने, सबै विद्यालय र शिक्षकले सङ्क्रमणकालीन योजना बनाउनुपर्ने अनिवार्य गरिएको छ ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -