अमेरिकामा उच्च सकर्तता

एजेन्सी । अमेरिकाका नयाँ राष्ट्रपति जो बाडेनले पदभार ग्रहण गर्न अगाडि हिंसात्मक प्रदर्शन हुन सक्ने आशंकामा अमेरिकाको सम्पूर्ण राज्यमा रक्षा सतर्कता अपनाएको छ । बाडेनले बुधबार शपथ ग्रहण गर्न लागेको छ । केही दिन अगाडि संसदमा एक भिड प्रवेश गरी हिंसात्मक प्रदर्शन गरे जस्तै पुनः हिंसात्मक घटना हुन नदिनका लागि राजधानी वाशिंगटन डिसीमा नेशनल गार्ड्स नै परिचालन गरिएको छ ।
अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले ५० जिल्लामा हतियार सहित प्रदर्शन गर्ने धम्की दिएको छ । शुक्रबार वाशिंगटन डिसीइमा एक जनालाई हतियार सहित गिरफ्टार गरिएको छ । भर्जिनिया राज्यका उक्त व्यक्तिलाई बन्दुक र ५०९ राउण्ड गोली सहित गिरफ्टार गरिएको हो ।
यसै बीच राष्ट्रपतिको सुरक्षा गर्ने एक निकायले अनुरोध अनुसार बाइडेनको समूहले शपथ ग्रहण समारोहमा विशाल सहभागीको लागि आह्वान गरिएको छ । स्थानीय अधिकारहरु भन सर्वसाधारणलाई घरमै बसी शपथ ग्रहण समारोह हेर्नका लागि अनुरोध गरिएको छ ।

एजेन्सी
+ posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -