आइपुग्यो कोरोनाविरुद्धको खोप

काठमाडौं– कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्राको खोप बिहीबार नेपाल आइपुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा हस्तान्तरण गरेको थिए ।
कार्यक्रममा मन्त्री त्रिपाठीले प्रतिकूल अवस्थामा भारत सरकारले खोप अनुदान सहयोग गरेकामा धन्यवाद दिँदै अब कोरोनाविरुद्धका रोगलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
हस्तान्तरण गरेका ती खोपका मात्रा टेकूस्थित स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय भण्डारणमा राखिने छ । भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको उक्त कोभिशिल्ड नामक खोप माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने जनाइएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालका सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहकलाई उपलब्ध गराइने छ । कार्यक्रममा भारतीय राजदूत क्वात्राले खोप उपब्धतासँगै नेपालमा अब कोभिड–१९ महामारी नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने सरकारको योजना रहेको छ । अहिले पहिलो चरणमा ल्याइन ल्याइएको १० लाख मात्रा खोप दुई मात्रा दिँदा करिब पाँच लाख जनालाई लगाइने छ ।
सरकारले ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरिद नियमावलीअनुसार र ठेक्कामार्फत आउने छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -