स्थापना दिवसको अवसरमा जनता साकोसको रक्तदान कार्यक्रम

भक्तपुरः चित्रपुरस्थित जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरी मनाएको छ ।
‘रक्तदान जीवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यानुु भन्ने भनवनालाई आत्मसाथ गरी बिगतका वर्षहरुमा झैं यस वर्ष पनि संस्थाले शनिबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय चित्रपुर गणेश मन्दिर प्राङ्गणमा संस्थाले नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको प्राविधिक सहयोग लिई रक्तदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष राजेशकुमार राजथलाले बताए ।
रक्तदानमा ५३ जना संस्थाका सदस्य तथा शुभेच्छुकहरुले रक्तदान गर्नु भएको थियो

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -