संसद पुनर्स्थापनाको फैसला पछि दाहाल-नेपालद्वारा बधाई साटासाट

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आपसमा बधाई साटासाट गरेका छन् ।

चितवनमा रहेका नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपालले आपसमा बधाई साटासाट गर्दै संसद पुनर्स्थापनाको फैसलालाई जनताको जित भनेका छन् ।

संसद् विघटनविरुद्ध दुई महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएका प्रचण्ड र नेपाल बुधबार चितवनमा हुने आमसभाका लागि त्यहाँ पुगेका थिए । तर, सर्वोच्चको पछिल्लो फैसलापछि मुलुकको राजनीतिक घटनाक्रम नयाँ शिराबाट अगाडि बढ्ने निश्चित देखिएपछि प्रचण्ड र नेपाल आमसभा स्थगित गरी बुधबार बिहान काठमाडौं फर्किने भएका छन् ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -