अहिलेसम्मकै संक्रमित उच्च, भक्तपुरमा ७१.२९ प्रतिशत पोजिटिभ

भक्तपुर– भक्तपुर अस्पतालमा बिहीबार पीसीआर परीक्षण गरेका १०८ जनामध्ये ७७ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ पीसीआर परीक्षणबाट ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ उपत्यकामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ११२७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । २४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।
बिहीबार मात्रै ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या अहिलेसम्मको उच्च रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।
हालसम्म पीसीआर परीक्षण २४ लाख ५८ हजार ५ सय ६५ पुगेको छ । आइसोलेसनमा ३४ हजार १ सय १७ र क्वारेन्टाइनमा ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -