मध्यपुर थिमिमा सबैभन्दा बढी संक्रमित

भक्तपुर– नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भक्तपुरमा शुक्रबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भक्तपुर नगरपालिकामा ११ पुरुष र ११ महिला गरी २२ जना, सूर्यविनायक नगरपालिकामा २४ पुरुष र १४ महिला गरी ३८ जना, मध्यपुर थिमि नगरपालिकामा २७ पुरुष र २८ महिला गरी ५५ जना र चाँगुनारायण नगरपालिकामा ४ पुरुष र ३ महिला गरी ७ जना संक्रमित भएका छन् । ५ जना सम्पर्क बाहिर छन् । शुक्रबार एकै दिन मध्यपुर थिमि नगरपालिकामा सबैभन्दा बढी ५५ जना संक्रमित थपिएका छन् ।
यसैगरी देशभर शुक्रबार एकै दिनमा सबैभन्दा बढी ५७४३ जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १५३९१ जना र एन्टिजेन विधिबाट ५२५ जनाको परीक्षण गर्दा ५६५७ र ७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३,२३,१८७ पुगेको छ । हाल नेपालमा ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म ३,२७९ जनाले ज्यान गुमाइसकेका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -