अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न सिफारिस

भक्तपुर— देशमा कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रोकथामका लागि यसअघि गरेका निर्णयको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य व्यवस्था थप बलियो बनाउनुपर्ने निर्णय गरेको छ ।
सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्ने र कटौती गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । जोखिम भएका मुलुकहरुबाट अहिलेलाई उडान रोक्ने, आन्तरिक उडानहरुलाई पनि कटौती गर्ने र रोक्ने सिफारिस भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
सीसीएमसीको शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले कोरोनाको दोस्रो लहरले जोखिम बढाउँदै गएको निष्कर्ष निकालेको मन्त्री ज्ञवालीले बताए ।
त्यस्तै, छिमेकी राष्ट्र भारतसँगका सीमाबाट हुने आउजाउ सीमित गर्ने निर्णय लिन पनि सीसीएमसीले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । ३५ नाकाबाट आउजाउ भइरहेकोमा सीमित गरेर १३ नाकाबाट मात्रै आउजाउको अनुमति दिने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।
२२ वटा नाका बन्द गर्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिएको हो । भारतसँग खुला गरिने भनिएका १३ नाका काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकीमा क्वारेन्टाइनसहित खुला राख्नका लागि सिफारिस गरिएको हो ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -