भक्तपुरमा २०८ सहित ५७६३ संक्रमित

भक्तपुर– भक्तपुरमा पछिल्लो २४ घण्टामा थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १९३२ जना र ललितपुरमा ३५५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर संक्रमण पुष्टि भएका मध्ये करिब ४४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाकै रहेका छन् । यससँगै अहिले भक्तपुरमा १५०७, काठमाडौंमा १४ हजार ६१६ र ललितपुरमा २८१५ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १४ हजार ४ सय ३ पीसीआर परिक्षणबाट ५ हजार ७ सय ६ तथा ५ यस ६६ एन्टिजेन परिक्षणबाट ५७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार २२ जनामा संक्रमण पुष्टी भएको छ ।

सरकार दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ
कोभिड महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने नेपाल चिकित्सक संघले बताएको छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।
चिकित्सक संघले शनिबार विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारकै भएको र महामारीमा स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ । संक्रमितहरुको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयं संक्रमित भइरहेको भन्दै चिकित्सक संघले उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिनसक्ने वातावरण तथा जनशक्तिको उचित व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयसँग मागसमेत गरेको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -