भक्तपुरमा ३०१ सहित थपिए देशभर ७२११ संक्रमित

भक्तपुर– पछिल्लो २४ घण्टामा भक्तपुरमा ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार मात्रै देशभर ७२११ र काठमाडौं उपत्यकामा मात्रै ३५९५ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार काठमाडौंमा २ हजार ७ सय ४४ र ललितपुरमा ५ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या देशभर ४८ हजार ७ सय ११ पुगेको छ । यीमध्ये ३ हजार ५ सय ३० जना संस्थागत आइसोलेसनमा र ४५ हजार १ सय ८१ जना होम आइसोलेसनमा रहेका छन् । ४ सय ७७ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -