विश्वासको मत दिन देउवासामू प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्ष कांग्रेससँग प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास  पुगी विश्वासको मत दिन सहयोग मागेका हुन । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ ।

कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -