रहेनन् गोल्डेन भ्वाईसका धनी प्रेमध्वज प्रधान

काठमाडौं- नेपाली सांगीतिक आकाशका गोल्डेन भ्वाईसका धनी चर्चित गायक तथा संगीतकार प्रेमध्वज प्रधान हामीबाट सदाका लागि बिदा भएका छन् ।
बरिष्ठ गायक प्रेमध्वजको बिहीबार ८४ वर्षको उमेरमा काठमाडौँको न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । छातीमा इन्फेक्सन देखिएपछि वैशाख १४ गते अस्पताल भर्ना भएका थिए ।
‘घुम्तीमा नआऊ है’, ‘नमान लाज यसरी’, ‘तिमीले अचेल कहाँ भेटूँ’, ‘टाढा नभइदेऊ फेरि’ र ‘पर लैजाऊ फूलहरू’ लगायत धेरै कालजयी गीतहरुमा बरिष्ठ गायक प्रेमध्वजले स्वर दिएका थिए । यी गीत नेपाली सांगीतिक आकाशमा पहिलेझैं अबका दिनमा पनि अवश्य गुन्जिनेछन् ।
सिन्धुपाल्चोकको चौतारामा वि.सं.१९९४ सालमा जन्मिएका प्रधानको घरमा सांगीतिक माहोल थियो । घरमा दिनहुँजस्तो हुने सांगीतिक कार्यक्रमको प्रभावका कारणले उनको पनि संगीतप्रति रूची बढेको थियो । रेडियो नेपालमा २००९ सालमा स्वर परीक्षा दिएपछि औपचारिक गायन सुरु गरेका प्रधान चर्चित र स्टाइलिस्ट गायकका रुपमा परिचित थिए ।
‘राजमती कुमति’ जस्ता लोकप्रिय नेवारी गीत, राष्ट्रिय गीत, भजन र फिल्मको गीतमा समेत स्वर दिएका प्रधान नेपालमा पहिलोपटक गितार बजाउने गायकका रुपमा चिनिएका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -