चाँगु नारायण अस्पतालका तीन चिकित्सकले राजिनामा दिए

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगु नारायण अस्पतालका तीन जना चिकित्सकले राजिनामा दिएका छन् ।
करारमा नियुक्ति दिएका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीतकुमार दास, सुलभ केसी र जिवेश बास्तोलाले बुधबार राजीनामा दिएका छन् । मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत कुमार दासले आफूहरु करारका डाक्टर भएकाले कर्मचारी र जनप्रतिनिधिले विभिन्न बहानामा पेल्ने गरेका कारण अस्पतालमा बस्न सक्ने अवस्था नरहेकाले राजिनामा दिनु परेको बताए । अस्पताललाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गर्न लाग्दा आफूहरु डराएर राजिनामा दिएको भन्ने गलत भएकाले उनले दाबी गरे ।
सरकारले उपलब्ध गराउँदै आए अनुसारको सेवासुबिधा माग गर्दा त्यसको सुनवाई नभएपछि राजिनामा दिनुपरेको उनले बताए । आफूहरुले राखेको मागअनुसार उपलब्ध गराए काम गर्न तयार रहेको पनि उनले बताए ।
कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले अस्पताललाई अक्सिजनसहितको १० शय्याको कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेर सञ्चालनको तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले बताए । तर बिरामी राख्नै नपाउँदै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित तीन जना चिकित्सकले राजिनामा दिएको उनले जानकारी दिए ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -