पत्रकारको उपचारका लागि १० बेडको आइसोलेसन कक्ष

काठमाडौं– नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहित १० बेड क्षमताको आइसोलेसन कक्ष तयार गरेको छ ।
महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने पाँच बेड तयारीको अन्तिम चरणमा रहेको छ ।
हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने मेक्सिम इन्टरनेसनल ट्रेडिंगका प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीले दुईवटा सिलिण्डर प्रदान गरेका् छन् ।
काठमाडौं मेडिकल कलेज सिनामङ्लको परामर्सका आधारमा संक्रमित पत्रकारलाई अक्सिजन तथा अन्य स्वास्थ्य सम्बन्धि सुविधा उपलब्ध गराइने महासंघका महासचिव रोशन पुरीले बताए ।
देशभर अहिलेसम्म ६ सय ५० जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएकामध्ये २५२ जना सक्रिय संक्रमित छन् । प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३० र उपत्यका तीनवटा प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जना अस्पतालमा उपचाररत भइरहेको तथा ४ जना आईसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।
महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ । रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -