२४ घण्टामा थप ८ हजार ८५० जनामा संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको छ भने र ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३६ जना सीसीएमसी, नेपाली सेनासेनाद्वारा कोभिड–१९ को शव व्यवस्थाप तथ्यांकको आधारमा ज्यान गुमाएकाहरुको थप संख्या रहेको मन्त्रालयले जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -