लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान

पोखरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्।

प्रदेश प्रमुख सीता पौडेलसमक्ष मुख्यमन्त्री गुरुङले राजीनामा बुझाएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार गुरुङ नेतृत्वको सरकारले गरेको कामको लागि धन्यावद दिँदै अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषदलाई नै सरकार सञ्चालनको जिम्मेवारी दिइएको छ ।

साथै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -