५० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालन गर्ने

भक्तपुर– मध्यपुर थिमि नगरपालिकाका ६ वटा वडाले संयुक्त रुपमा दक्ष चिकित्सकहरुका साथ ५० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ । मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंकको भवनमा उक्त केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।
मध्यपुर थिमि नगरपालिकाको वडा नं. १, २, ३, ४, ६ र ९ वडाका वडाध्यक्षहरुको सोमबार बसेको संयुक्त बैठकले हाल विश्वभरि कोभिड–१९ को महामारी फैलिरहेको अवस्थामा नगरपालिकाका बासिन्दाहरु पनि यस रोगबाट धेरै नै संक्रमित भई उपचारमा कठिनाई भएकोले उक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउन लागेको संयुक्त विज्ञप्तिमा उल्लेख गरेको छ ।
नगर तथा वडावासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी चालु आ.व. २०७७÷७८ को विनियोजित बजेटको योजना तथा कार्यक्रम शीर्षकहरुबाट कोभिड–१९ बाट संक्रमित बिरामीहरुको उपचारमा सेवा गर्ने हेतुले प्रत्येक वडाबाट रु. १५ लाख गरी जम्मा ९० लाख रुपैयाँमा उक्त केन्द्र सञ्चालन गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -