भक्तपुरका अस्पतालमा अक्सिजन अभाव

भक्तपुर– जिल्लाका सबैजसो अस्पतालमा अक्सिजन अभाव भएको छ ।
भक्तपुर अस्पतालले अक्सिजन अभावका कारण बिरामीलाई रेफर गर्न थालेको आरएनए–१६ का संयोजक अरुण सैंजुले बताए । अस्पतालमा ५० भन्दा बढी बिरामी भएको उनले जानकारी दिए । भर्ना भएका सबै बिरामीलाई अक्सिजन चाहिने अवस्था रहेको पनि उनले बताए । सबै अक्सिजन सप्लायर्स तथा कम्पनीमा पनि अक्सिजन नभएको जानकारी आएको उनले बताए ।
मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि अक्सिजन अभाव भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पतालमा अहिले ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा एक दिनका लागि पुग्ने अक्सिजन मात्र बाँकी रहेको र भोलि बिरामीहरु पनि रिफर गर्नुपर्ने अवस्था आउन सक्ने नगरप्रमुख श्रेष्ठले बताए ।
मध्यपुर अस्पतालले पनि नयाँ बिरामी भर्ना नलिने भएको छ । अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने भन्दै अस्पतालले विज्ञप्तिमार्फत् जनाएको हो । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएकाले मंगलबार अस्पतालकी निर्देशक डा. रविना प्रधानांगको हस्ताक्षरमा सार्वजनिक विज्ञप्तिमा कोभिड–१९ संक्रमितको सेवा विस्तार गर्ने योजना स्थगित गरेको जनाएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले मन्त्रालयले अक्सिजनका लागि सबै अस्पतालमा लिस्ट पठाए पनि भक्तपुरका अस्पतालहरुको नाम छुटेकाले यस्तो अवस्था सिर्जना भएकोे बताए ।

Desk Editor at eChhapa.com | + posts

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -