कोरोना संक्रमितको नयाँ भर्ना मध्यपुर अस्पतालले नलिने

भक्तपुर ।  मध्यपुर अस्पतालले कोरोना भाइरस संक्रमित नयाँ बिरामी भर्ना नलिने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने भन्दै अस्पतालले विज्ञप्तीमार्फत थप बिरामी भर्ना गर्न नसकिने जनाएको हो ।

मंगलबार अस्पतालकी निर्देशक डा।रविना प्रधानाङ्गको हस्ताक्षरमा सार्वजनिक विज्ञप्तीमा कोभिड–१९ संक्रमितको सेवा विस्तार गर्ने योजना स्थगित गरिएको जनाएको छ ।

त्यसैगरी हाल उपचाररत बिरामीको उपचारमा पनि कठीनाइ भएको हुनाले बिरामीको लागि चाहिने अक्सिजनको व्यवस्था नभएसम्म अस्पतालले दिँदै आएको सेवामा निरन्तरता दिन नसक्ने विज्ञप्तीमा उल्लेख छ ।

आवश्यक अक्सिजन नियमित आपूर्ति भएमा अस्पतालले अर्को सूचना प्रकाशित गरी सेवा प्रदान गर्ने विज्ञप्ति माफृत जनाएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -