पशुपति चौलागाईँ रहनुभएन

काठमाडौं । नेकपा एमालेका पोटिब्यूरो सदस्य पशुपति चौलागाईंको मंगलबार साँझ निधन भएको छ ।

पछिल्लो समय उहाँ कोरोना संक्रमणका कारण मनमोहन अस्पतालमा उपचार गराइरहनुभएको थियो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्गले पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै दु:ख व्यक्त गर्नु भएको छ ।

दोलखा (ख) बाट प्रदेश सदस्य समेत रहनुभएका चौंलागाईले असल र निष्ठावान नेताको परिचय बनाउनुभएको थियो ।

चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । जिल्लामा तत्कालीन मालेको संस्थापक नेता रहनुभएका चौलागाई दोस्रो संविधानसभामा सभासद पनि हुनुहुन्थ्यो । एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अन्चलको इन्चार्ज र तत्कालीन प्ररायुसंघको अध्यक्ष समेत हुनुभएको थियो ।

उहाँको अकस्मात मृत्युको खबर सुनेपछि सामाजिक सञ्जाल विभिन्न नेता, कार्यकर्ता, सर्वसाधारणका श्रद्धाञ्जलीले भरिएका छन् ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -