चन्द्रागिरि नगर जेठ १ देखि सिल

काठमाडौं । तीब्र गतिमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाले यही जेठ १ देखि पूरै नगरलाई सिल गर्ने निर्णय गरेको छ । नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा व्रैशाख २९ गते बसेको नगर कोेरोना नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो ।

बैठकले जेठ १ गते बिहान ६ बजेजेखि जेठ ७ गते बिहान ५ बसेसम्म नगरका कुनै पनि आवातजावत गर्न रोक लगाएको छ । सो अवधिमा नगरभित्रका स्वास्थ्य संस्था र मेडिकलबाहेक अन्य पसल, संघसंस्था, वित्तीय निकाय सबै बन्द गर्ने निर्णय गरेको हो ।

सिल गरिएको समयमा अटेर गरी हिंडडुल वा पसल व्यवसाय सञ्चालनमा ल्याए संक्रमण रोग नियन्त्रण ऐनअनुसार कारबाही हुने पनि बैठकपछि जारी सूचना मा उल्लेख गरिएको छ ।

ईछापा डेस्क
Desk Editor at eChhapa.com | + posts

लेखक ईछापा डट कमका डेस्क एडिटर हुन् ।

सम्वन्धित समाचार

- विज्ञापन -

नयाँ अपडेट

- विज्ञापन -